Saturday, July 18

एक हप्तामा ३५ जनामा कोरोना संक्रमण

नेपालअखबार,काठमाडौँ । नेपालमा कोभिड–१९ को संक्रमण बढ्दै गएको छ।

Advertisement

पछिल्लो समयमा नेपालमा कोभिड–१९ को संक्रमण विभिन्न जिल्लामा देखिन थालेको छ।

Advertisement
Advertisement

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का अनुसार २०८१ पुस १७ गतेदेखि २०८२ असार १९ गतेसम्म नेपालका ३१ जिल्लामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ।

Advertisement

हालसम्म कोभिड–१९ का २४९ जनामा कोरोना संक्रमण देखा परेको छ।

गएको एक हप्तामा ३५ जनामा कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोभिड–१९ बाट एक जनाको मृत्युसमेत भइसकेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले कोभिड–१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मन्त्रालयले देशभर १७ सीमा नाकामा रहेका हेल्थ डेस्कमा कोभिड–१९ को निगरानीलाई थप प्रभावकारी बनाएको बताए।

‘सबै सीमा नाकाका हेल्थ डेस्कमा कोभिड–१९ आरडिटी विधिबाट परीक्षण भइरहेको छ,’ उनले भने।

कोभिड–१९ लगायत श्वास–प्रश्वासका माध्यमबाट सर्ने अन्य विभिन्न सङ्क्रामक रोगबाट सुरक्षित हुन मास्क लगाउने, साबुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने, व्यक्तिगत सरसफाइमा ध्यान दिने जस्ता मापदण्ड अपनाउन अनुरोध गरिएको छ। उहाँले कोभिड–१९ प्रभावित क्षेत्रबाट आएका र कोभिड–१९ सँग मिल्दाजुल्दा लक्षण भए ‘सेल्फ क्वारिन्टाइन÷आइसोलेसन’मा बस्न आग्रह गरे।