Sunday, July 5

अमेरिकाको टेक्सासमा भीषण बाढी, कम्तिमा ४० जनाको मृत्यु

नेपालअखबार,काठमाडौँ । अमेरिकाको टेक्सासमा बाढी आएको छ।

Advertisement

शुक्रबार भीषण वर्षासँगै आएको बाढीमा परी अहिलेसम्म ४० जनाको मृत्यु भएको बिबिसीले जनाएको छ। उद्धार कार्य चलिरहेका कारण मृत्यु हुनेको संख्या बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।

Advertisement
Advertisement

वर्षापछिको बाढीले टेक्सासको केर काउन्टी क्षेत्र तहसनहस बनाएको छ। बाढीमा अझै कम्तिमा २५ जना बेपत्ता भएका छन्। उनीहरूको खोजी भइरहेको टेक्सासका गभर्नर ग्रेग अब्बटलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

Advertisement

बाढीग्रस्त क्षेत्रमा विभिन्न विद्यालयहरूले गर्मी याममा सञ्चालन गर्ने मिस्टिका क्याम्पमा ७०० छात्राहरू सहभागी  थिए।

बाढीमा परेका २३७ जनाको उद्धार भइसकेको बिबिसीले जनाएको छ। सो क्षेत्र भएर बग्ने ग्वाडलुप नदीको जलसतह बढेर ७.९ मिटर पुगेको थियो।

बाढी आएपछि उद्धारका लागि ठूलो संख्यामा उद्धारकर्मी परिचालन गरिएको छ।

टेक्सासका गभर्नर अब्बटले रातिको समयमा पनि उद्धार कार्य जारी रहने बताएका छन्। बेपत्ताहरूको खोजीका लागि हेलिकप्टर र ड्रोन परिचालन गरिएको छ।

उनले राज्यभरि आपतकाल घोषणा गरेका छन्।

बाढीले जनधनको ठूलो क्षति गरेपछि टेक्सासमा स्वतन्त्रता दिवसको अवसरमा आयोजना गरिएका समारोह रद्द गरिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाले स्तब्ध बनाएको बताएका छन्।