Sunday, July 5

समाजवादी क्रान्ति सफल पार्न सम्पूर्ण कम्युनिस्टहरु एकजुट हुन पर्ने वर्तमान आवश्यकता : महासचिव देव गुरुङ

नेपालअखबार,काठमाडौँ । समाजवादी क्रान्ति सफल पार्न सम्पूर्ण कम्युनिस्टहरु एकजुट हुन पर्ने वर्तमान आवश्यकता रहेको  महासचिव  गुरुङले बताउनु भयो। माओवादी केन्द्रका महासचिव देव गुरुङसँग नेपाल अखबारले कुराकानी गरेको थियो। नेकपा माओवादी केन्द्रले विगतमा उठाएका राष्ट्रिय हितका लागि देशको हित विपरीत भएका सन्धि सम्झौतालाई  पुनरालोकन गर्नु पर्ने बताउनु भयो । प्राकृतिक सम्पदालाई संरक्षण गर्नका लागि आज पनि हाम्रो पार्टीको धारणा स्पष्ट रहेको छ।

Advertisement

माओवादी केन्द्रका महासचिव देव गुरुङ भन्नुहुन्छ ।  नेपाल र भारतबीच भएका कोशी, गण्डकी र महाकाली बाँधको सम्झौताले भारतलाई फाइदा हुने हेतुले सम्झौता गरिएको स्पष्ट  रहेको छ।  यस विषयमा अहिले हामी प्रतिपक्षमा रहेको अवस्था छ। हामीले प्रतिपक्षको भूमिका निर्वाह गर्दै सरकारलाई सल्लाह सुझाव दिने गरेका छौं।

Advertisement
Advertisement

राष्ट्रिय हितक देशलाई समृद्धिको बाटो पुर्‍याउनका लागि सम्पूर्ण कम्युनिस्ट विचारधारा पार्टी, व्यक्तित्व र नेताहरू एकजुट हुन पर्ने बताउनु भयो । फेरि पनि यो राष्ट्रका सम्पूर्ण कम्युनिष्टहरु एक छात्रमा उभिएर समाजवादी क्रान्ति सफल पार्न सकेपछि मात्र यो देशको मुहार फेरिने छ । राष्ट्रिय हित विपरीत भएका सन्धि सम्झौतालाई त्यसपछि हाम्रो राष्ट्र र छिमेकी राष्ट्रबीच पुन संवाद साथै कुटनीतिक मार्फत पूर्ण संशोधन गर्न सक्ने वातावरण सिर्जना हुन सक्छ ।

Advertisement

महासचिव गुरुङले१० वर्षीय जनआन्दोलनको प्राप्ति कै कारण आज देशमा गणतन्त्र आएको छ गणतान्त्रिक संविधान लेखियो र कार्यान्वयनमा आइरहेको बताउनु भयो ।

तर यो देशमा पुँजीवादी शक्तिको एक छत्र नेतृत्व अझ पनि कायमै रहेको छ। यसकारण अहिलेको वर्तमान अवस्थामा सम्पूर्ण कम्युनिस्ट शक्तिहरु समाजवादी क्रान्तिलाई सफल पार्नका लागि एकजुट हुन  आवश्यक रहेको छ। समाजवादी क्रान्तिलाई सफल पार्नका लागि सम्पूर्ण राष्ट्रप्रेमी आम जनसमुदाय, कम्युनिस्ट नेतृत्व आजैबाट अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ।