Monday, July 6

कानुन बुझेको छैन भनेर उन्मुक्ति नपाउने भएपछि कानुन पनि बुझ्ने बनाइदिनुपर्छ: सांसद ज्वाला

नेपालअखबार,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले कानुन जनताले बुझ्ने गरी बनाउनुपर्ने बताएका छन्।

Advertisement

आइतबार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले कानुन बुझिन भनेर कारबाही नटर्ने भए पछि कानुन पनि आम जनताले बुझ्ने भाषामा बनाउनुपर्ने बताएका हुन्।

Advertisement
Advertisement

‘हाम्रो ध्यान सबैभन्दा बढी सेवाग्राही जनतामा केन्द्रित हुनुपर्छ। जनताले बुझ्ने सरल भाषामा कानून लेख्नु राम्रो हुन्छ। कानुन बुझेको छैन भन्न पाउँदैनस् भनेर कारबाही गर्ने भएपछि कानुन बुझ्ने पनि बनाइदिनुपर्छ नि त,’ उनले भने।

Advertisement

उनले सबैभन्दा सुरक्षित यातायातको सेवा हवाई सेवालाई मान्ने गरिए पनि नेपालमा भने हवाई सेवा असुरक्षित रहेको बताए।

‘ठूला घटना भइरहेका छन्। आइकाओले समेत हामीलाई नेगेटिभ लिस्टमा राखेको छ। यो गम्भीर कुरा हो। सबै कुराको जग भनेको कानून नै हो। हामीले नीति बनाउने तर नीतिअनुसार कानून नबनाउने गरेका छौँ। कानून बनाउने कुरामा नै जगमै सबैभन्दा बढी ध्यान दिनुपर्छ,’ उनले भने

सांसद ज्वालाले नियमनकारी निकाय र सेवामुखी निकाय एउटै कानुनको छातामुनि राख्नु नहुने पनि बताए।