Friday, July 24

पहिरोले डोटीमा आठ परिवार विस्थापित

नेपाल अखबार, डाेटी। तीन दिनदेखिको लगातारको वर्षाका कारण पहिरो आउँदा जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका–२ सिर्मा गाउँका आठ परिवार विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार आइतबारदेखि आएको भारी वर्षाका कारण उक्त गाउँको बस्ती माथिबाट पहिरो आएपछि आठ परिवारका ४० सदस्य घरबार छोडेर विस्थापित भएका हुन् ।
पहिरोका कारण विस्थापित परिवारका सदस्य पाल टाँगेर बस्न बाध्य छन् । गाउँ माथिबाट पहिरो आएपछि पहिरोमा च्यापिने डरले उनीहरू घरबार नै छाडेर विस्थापित भएको स्थानीयवासी तेज डुम्रेलले जानकारी दिनुभयो । “गाउँ माथिबाट पहिरो आएपछि आठ परिवारका ४० जना विस्थापित भएका छन्, उनीहरुलाई सुरक्षित बासस्थानका लागि समस्या भएको छ”, उनले भने ।
बाढी पहिरोबाट विस्थापित परिवारलाई स्थानीय सरकारले समयमै व्यवस्थापन गर्नुपर्ने पहिरो पीडितमध्येका एक नरबहादुर ओलीले बताए । उनले भने, “अविरल वर्षासँगैको पहिरोले घरनै पुर्ने डरले हामीहरु चौपाया, खाद्यान्न सरसामान छाडेर आफन्तको घरमा सरेका छौँ, अब हाम्रो व्यवस्थापन गर्न ढिलो गर्नु भएन ।”
गाउँमाथिको पूरै जमीन फाटेका कारण सिर्मा गाउँका अन्य ६० भन्दा बढी घरपरिवार पहिरोको उच्च जोखिममा रहेको उहाँले जानकारी दिए । बर्सेनि बाढी पहिरोका कारण सायल गाउँपालिकामा स्थानीयले अकालमै ज्यान गुमाउने गरेका छन् ।रासस

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *