Saturday, November 1

भूमि विधेयक फास्टट्रयाकबाट पास गर्न गरिएको प्रस्तावप्रति आपत्ति : डा. शेखर कोइरा

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भूमि विधेयक फास्टट्रयाकबाट पास गर्न गरिएको प्रस्तावप्रति आपत्ति जनाएका छन् ।

Advertisement

घुस प्रकरणमा मुछिएका मन्त्री पदमा हुँदा नै विधेयक फास्टट्रयाकबाट पास गर्न एमालेले प्रस्ताव गरेको भन्दै उनले आपत्ति जनाएका हुन् ।

Advertisement

अहिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री एमालेका बलराम अधिकारी छन् । उनी पोखरा जग्गा घुस प्रकरणमा जोडिएका छन् ।

लिंचीबारीको घुस प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिए पनि अधिकारीले दिएका छैनन् ।

घुस प्रकरणमा मुछिएका मन्त्री नै पदमा भएकोले यसरी विधेय पारित गर्न प्रस्ताव गर्नुले शंका उब्जाएको नेता कोइरालाको भनाइ छ ।

‘एमालेका दुईमध्ये एक मन्त्री (भूमिसुधार) अझै राजीनामा नदिई पदमै भइरहैको स्थितिमा भूमि विधेयक फास्ट्रयाकबाट पास गरौं भन्ने एमालेको प्रस्तावले प्रसस्त शंका उब्जाएको छ’, कोइरालाले लेखेका छन्, ‘यो अवस्थालाई दुई छुट्टाछुट्टै नै मान्न सकिन्न । नेपाली कांग्रेसले सरकारबाट खोजेको सुशासन यस्तो हैन ।’

नेता कोइरालाले भूमि विधेयकमा गहन छलफल गर्न माग गर्दै पोखरा जग्गा (लिंचीबारी) प्रकरणमा मुछिएका मन्त्री, सांसद, कर्मचारी र बिचौलियामाथि निष्पक्ष छानबिन गर्न समेत माग गरेका छन् ।