Monday, July 27

मेरो पार्टी सदस्यता कसैले खारेज गर्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी

नेपालअखबार,काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले १० वर्ष अघि राष्ट्रपति बन्दा एमालेको पार्टी सदस्यता त्यागेको भन्ने एमालेको दाबी झुटो रहेको बताएकी छन् । साथै उनले आफ्नो पार्टी सदस्यता कसैले चाहँदैमा खारेज गर्न पनि नसक्ने दाबी गरिन् ।

Advertisement

शुक्रबार पत्रकार सम्मेलन गर्दै भण्डारीले भनिन, ‘मेरो पार्टी सदस्यता कसैले खारेज गर्न सक्दैन ।’

Advertisement
Advertisement

उनले सफलतापूर्वक राष्ट्रपतिको कार्यकाल पुरा गरेपछि बाँकी जीवन कुनै सङ्गठनमा लाग्दा नै उपयुक्त हुन्छ भनेर ४५ वर्षदेखि आफू अबद्ध एमालेको सदस्यता नवीकरण गरेको समेत बताइन् ।

Advertisement

‘हुलहुज्जत र उत्तेजनामा आएर मेरो सदस्यता खारेज गर्न मिल्दैन । पार्टी प्रणालीमा चल्छ । कसलाई के गर्न मन लाग्छ त्यो अलग विषय हो’, भण्डारीको भनाइ छ ।