Tuesday, April 21

हज समितिको अध्यक्ष मोख्तार अहमद नियुक्त

नेपालअखबार,काठमाडौं ।  गृहमन्त्री रमेश लेखकले नेपाल हज समितिको अध्यक्षमा मोख्तार अहमदलाई नियुक्त गरेका छन्। सिराहाको कल्याणपुर नगरपालिका-१२ निवासी मोख्तारलाई हज समितिको अध्यक्षमा नियुक्त गरेको गृह मन्त्रालयले जानकारी दिएको छ।

मंगलबार मन्त्री स्तरको निर्णयबाट मोख्तारलाई अध्यक्ष नियुक्त गरिएको हो। गृह मन्त्रालयअन्तर्गत रहने हज समितिको सदस्यहरूको नियुक्त प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ।

Advertisement