Sunday, July 5

राष्ट्रपति–महिला उत्थान कार्यक्रमबाट आमा र शिशुको ज्यान जोगियो

नेपालअखबार, काभ्रेपलाञ्चोक। डाँडापारिस्थित महाभारत गाउँपालिका–१ गोकुलेकी एक गर्भवतीको मंगलबार   हेलिकप्टरबाट उद्धार गरिएको छ।

Advertisement

साथै जोखिममा परेको आमा र शिशुको जीवन जोगिएको छ। सोमबार साँझदेखि सुत्केरी बेथा लागेर स्थानीय स्वास्थ्यचौकीमा भर्ना भएकी २१ वर्षीया रेनुका लुङ्गेलीलाई उद्धार गरिएको हो ।

Advertisement
Advertisement

गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाका अनुसार गोकुले स्वास्थ्यचौकीमा छटपटाएकी उनलाई राष्ट्रपति महिला उद्धार कार्यक्रमको आर्थिक सहयोगमा हेलिकप्टरबाट उद्धार गरिएको हो।

Advertisement

उनलाई काठमाडौंस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा भर्ना गरिएको स्वास्थ्यचौकीकी प्रमुख पूर्णिमा तुम्सिङले बताए।

यसअघि गत शुक्रबार दिउँसो महाभारत–७ बनखुकी गर्भवती २८ वर्षीया देवकुमारी पाख्रिनको हेली एम्बुलेन्सबाट उद्धार गरिएको थियो । महाभारत गाउँपालिकामा अधिकांश सडक कच्ची छन्।

वर्षाका कारण यी सडकमा नियमित रूपमा सवारीसाधन सञ्चालन हुने अवस्था नभएकाले हेलिकप्टरबाट  गर्भवतीको उद्धार गर्नुपर्ने बाध्यता छ ।

पालिका अध्यक्ष जिम्बाले  दुर्गम क्षेत्रमा राष्ट्रपति–महिला उत्थान कार्यक्रम प्रभावकारी बनेको बताउँदै ग्रामीण भेगका धेरै महिला त्यसबाट लाभान्वित भएका  जानकारी दिए।