Friday, July 3

राष्ट्रपति पौडेलद्वारा वसन्तपुर क्षेत्रमा रहेका सम्पदाको अवलोकन

नेपालअखबार,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँको विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर क्षेत्रमा रहेका सम्पदाको अवलोकन गरेका छन् । सोमबार प्रथम महिला सविता पौडेलसहित वसन्तपुर क्षेत्रमा पुग्नुभएका राष्ट्रपति पौडेलले हनुमानढोका दरबार सङ्ग्राहलयको पनि अवलोकन गरेका हुन् ।

Advertisement

राष्ट्रपति पौडेललाई दरबार स्क्वायर क्षेत्रमा पर्यटन संस्कृति तथा नागरिक उड्ययन मन्त्रालयका सचिव हरिप्रसाद मैनाली, पुरातत्त्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, हनुमानढोका दरबार सङ्ग्राहलय विकास समितिका कार्यकारी निर्देशक काजीमान प्याकुरेललगायतले स्वागत गरे ।

Advertisement
Advertisement

सो क्रममा राष्ट्रपति पौडेलले हनुमानढोका दरबार स्क्वायरमा रहेका कालभैरव, तलेजु मन्दिर, नौ तले दरबार, नासल चोक, मुलचोक, त्रिशुलचोकलगायतका स्थानको अवलोकन गरे ।

Advertisement