Tuesday, April 21

सशस्त्रमा ७७ जना अधिकृतको बढुवा सिफारिस

नेपालअखबार, काठमाडौं ।  सशस्त्र प्रहरी बल नेपालमा रिक्त रहेका ७७ पदमा बढुवा सिफारिस भएको छ।

सोमबार राति प्रधान कार्यालयले बढुवा समितिको निर्णय अनुसार डिएसपी देखि एसएसपीसम्मका ७७ अधिकृतको बढुवा सिफारिस गरेको हो।

Advertisement

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा ६ जना, सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मा २२ जना, प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मा १ जना र सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) मा ४८ जनालाई बढुवा गर्न सिफारिस गरेको हो।

सशस्त्रका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाका अनुसार अधिकृतहरूको जेष्ठता, व्यवसायिक क्षमता तथा कार्यसम्पादन मूल्यांकनलाई प्राथमिकतामा राखेर बढुवा सिफारिस गरिएको हो।

एसएसपी बढुवा सिफारिसमा दोस्रो ब्याचका पहिलो चरणमा एसपी भएकाहरू छन्।

एसपीमा सिफारिस भएकाहरू तेस्रो ब्याच र सोही ब्याचका वैकल्पिक समूहमा परेकाहरू छन्।

डिएसपीमा बढुवा सिफारिस भएकाहरू ९औं ब्याचका अधिकृतहरू हुन्।

मुख्यालयले बढुवा हुनको लागि असार ३२ गते सूचना जारी गर्दै तीन वटै पदका लागि १५ दिनभित्र बढुवा फारम भरेर सचिवालयमा पेस गर्न भनेको थियो।

एसएसपी बढुवा सिफारिस सूची: