Saturday, July 4

चितवनमा करेन्ट लागेर मर्‍यो गैंडा

नेपालअखबार,चितवन। चितवनको माडीमा बाली जोगाउन छाडिएको करेन्ट लागेर एक सिंगे गैंडा मरेको छ।

Advertisement

माडी–२ भैरवपुरका हरिभक्त श्रेष्ठको खेतमा करेन्ट छोडिएको तारमा गैंडा अल्झिएको थियो।

Advertisement
Advertisement

करेन्ट लागेर गैंडाको धान खेतमै मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए।

Advertisement

निकुञ्जले श्रेष्ठलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। गत आर्थिक वर्षमा पनि एउटा गैंडाको करेन्ट लागेर मृत्यु भएको थियो।

गत वर्ष चितवन निकुञ्जमा २८ वटा गैंडाको मृत्यु भएको थियो।