Sunday, July 26

हजयात्राको क्रममा देखा पर्ने विगतका समस्याहरुलाई केलाउँदै न्यूनीकरणको बाटो खाेज्ने छु : अध्यक्ष अहमद

नेपालअखबार, काठमाडौं । हजयात्रीहरूको काठमाडौँ बसाई जति सक्दो सहज बनाउन विगतका समस्याहरुलाई केलाउँदै न्यूनीकरणको बाटो खाेज्ने  छु। विगतका कमी कमजोरीलाई सुधार्ने मेरो पहिलो प्राथमिकता रहने छ।नेपाल सरकार ,गृह मन्त्रालयद्वारा नेपाल हज समितिको अध्यक्ष नेपाल काङ्ग्रेसको नेता संविधान सभा सदस्य मुख्तारअहमदसंग नेपालअखबारले कुराकानि गरेको थियो ।  अध्यक्ष अहमद भन्नु हुन्छ  “  पार्टीले मेरो राजनीतिक लगानीका हिसाब हेरेनै मलाई हज समितिको अध्यक्षको पदमा नियुक्तिका लागि सिफारिस गरेको हो । विधार्थी राजनिति हुँदै सडक आन्दोलनमा हुमिएको थिए । प्रजान्त्रप्राप्तिका लागि जेलनेल खाएको स्मरण गर्नु भयो” ।
विगतका नियुक्ति लिने अध्यक्षहरूका विरुद्धमा सामाजिक सञ्जाल साथै समुदायमा चर्चा परिचर्चा हुने गर्थ्यो। तर नियुक्ति भएको दिनदेखि आजसम्म सामाजिक सञ्जाल, मिडिया र मुस्लिम समुदायले म प्रति आशा भरोसाका साथ विगतका समितिहबाट देखा परेका त्रुटिहरुलाई पुन नदोहोराउनका लागि सुझाव दिइ रहनु भएको उहाँले बताउनु भयो ।

Advertisement

उहाँ भन्नुहुन्छ सम्पूर्ण शुभचिन्तकहरूको सुझावलाई मन्न गर्दै विगतका समस्याहरूलाई चिर्दै जति सक्दो स्वच्छ वातावरणमा हज यात्रा सफल पार्नको लागि अघि बढ्ने तयारी गर्नेछु। नेपाल हज समिति केबल एउटा राजनैतिक नियुक्ति लिनका लागि तैयार भएको समिति मात्र होइन यसको छुट्टै महत्व रहेको उहाँ बताउनु हुन्छ । धार्मिक, सामाजिक र समुदायको मनोभावनासँग जोडिएको छ । हज यात्रालाई सफल पार्नका लागि मुस्लिम समुदायका सरोकारवाला सबै निकाय, पूर्व अध्यक्षसंग सल्लाह, सुझाव र समन्वयका साथ अघि बढ्दै बताउनु भयाे ।

Advertisement
Advertisement

अध्यक्ष अहमद भन्नुहुन्छ विश्वका सबै राष्ट्रहरू मध्ये सबैभन्दा कम खर्चमा हज यात्रा मा जाने देश नेपाल हो । हाम्रो देशको आर्थिक अवस्था पनि कमजोर नै छ । हाम्रो आफ्नो हज हाउस पनि छैन् । हामीले चाहेर पनि सबै हजयात्रीहरुलाई काठमाडौँ आउना साथ होटेल या धर्मशालामा व्यवस्थापन गर्न सकिरहेका छैनौं । कस्मिरी मस्जिदमा सबै जनालाई हजयात्रीलाई बसोबासका लागि व्यवस्थापन गर्दा पानी, खाना जस्ता समस्याहरु विगत देखिनै देखा परेको बताउनु भयो ।
हज यात्रीले हज गर्नका लागि आउने क्रममा काठमाडौँ पाइला टेकेको दिनदेखि उहाँहरुले विभिन्न खालका समस्याहरूलाई झेल्न पर्ने बाध्यता रहेको  छ । हजयात्रीहरुको समस्या समाधान गर्नका लागि मुस्लिम समुदायसँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न संघ संस्थाहरूसँग आवश्यक समन्वय गर्ने  तयारीमा रहेकाे बताउनु भयाे ।  छिटै नै हज समितिले पूर्णता पाउँदैछ पूर्णता पाए लगत्तै बैठकले आवश्यक काम कर्तव्य पुरा गर्नका अघि बढ्ने जान्कारी दिनु  भयो ।

Advertisement

हज यात्रामा जाने हजयात्रीहरु प्राय सबै जेष्ठ नागरिक हुने भएकाले मेरो पहिलो प्राथमिकता हाम्रा हजयात्रीलाई जति सक्दो सहज, सरल,, सद्भाव पूर्ण वातावरणमा हज यात्रा सफल बनाउन नै रहनेछ। मैले कश्मिरी मस्जित व्यवस्थापन समितिसँग छलफल गरिसकेको छु। विगतका कमी कमजोरीलाई न्यूनीकरण गर्नका लागि सकारात्मक रुपमा अघि बढ्ने सहमति  भएकाे बताउनु भयाे ।

विगतका हज समितिले जसरी संकोचित रुपमा व्यवहार गरेको थियो त्यस्ता व्यवहार मबाट हुने छैन। म सबै खालका सामाजिक राजनीतिक र पूर्व अध्यक्ष साथै सरकारवाला पक्षहरूसँग संवाद अन्तरक्रिया गरेर अघि बढ्नेछु। हज समितिका बारेमा सचेतना फैलाउनुका  साथै विगतमा देखा परेका समस्या संकलन गर्न म आफै विभिन्न जिल्लामा प्रत्यक्ष पुग्ने बताउनु भयो ।

हजयात्राका लागि साउदी सरकारले तोकिएको समयमा नै फारम भरेर बुझाउन पर्ने छ । छुट् हुन गए पछि समय नथप्ने बाध्यताकारी अवस्था सृजना गरेको हुदा हजयात्राको नियात गर्नु भएका सबैलाई समयमा नै फारम भरिदिन अनुरोध गर्दछु ।

समितिका वर्तमान अध्यक्ष मुक्तार अहमद भन्नुहुन्छ सर्वप्रथम त मलाई विश्वास गर्ने मेरो पार्टीका सभापति शेरबहादुर देउवा र नेपाल सरकारका गृहमन्त्री रमेश लेखकलाई आभार व्यक्त गर्दछु।

गृहमन्त्रालयमा विभिन्न व्यक्तिका बारेमा चर्चा परिचर्चा चलिरहँदा पनि मलाई मेरा शुभचिन्तक, अभिभावक, मौलाना साथै मेरो पार्टीका सहयात्रीहरूले अग्रिम बधाई तथा शुभकामना दिदै साथ र सहयोग दिने तपाई सम्पूर्ण प्रति हृदयदेखि आभार व्यक्त गर्दै धन्यवाद व्यक्त गर्न चाहन्छु।