Wednesday, May 6

सभामुख घिमिरेले बोलाए प्रमुख सचेतकहरूको बैठक

नेपालअखबार,काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूका प्रमुख सचेतकहरूको बैठक बोलाएका छन् । घिमिरेले मंगलबार बिहान ११ बजे प्रमुख सचेतकहरूको बैठक बोलाएका उनका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए ।

बैठकमा मंगलबार बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूचीबारे छलफल हुनेछ । त्यस्तै गत जेठ १३ गतेदेखि राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भिजिट भिसा सेटिङ प्रकरणमा संसदीय विशेष छानबिन समिति वा न्यायिक छानबिन आयोग बनाउनुपर्ने माग गर्दै प्रतिनिधिसभा बहिस्कार गरिरहेको विषयमा पनि छलफल हुनेछ ।

Advertisement