Monday, July 27

जसपा र राष्ट्रिय मुक्ति पार्टीले कार्यगत एकता गर्ने

नेपालअखबार,काठमाडौं । जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टीले कार्यगत एकता गर्ने भएका छन्।

Advertisement

अशोक राई नेतृत्वको जसपा र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबीच कार्यगत एकता गर्ने निर्णय भएको हो।

Advertisement
Advertisement

‘जसपा र हामीबीच कार्यगत एकताको निर्णय भएको छ,’ राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशव झाले सेतोपाटीसँग भने, ‘निकट भविष्यमा पार्टी एकता नै गर्ने गरी अहिले कार्यगत एकताको निर्णय गरिएको हो।’

Advertisement

उनकाअनुसार बिहीबार अपराह्न ३ बजे काठमाडौंमा पत्रकार सम्मेलन गरेर यसको घोषणा हुनेछ।

पछिल्लो समय मधेसकेन्द्रित ७ राजनीतिक दलहरूले संघीय लोकतान्त्रिक मोर्चा गठन गरेका छन्। त्यो मोर्चामा यी दुई घटक दल हुन्।