Tuesday, July 7

भ्रष्टाचार भएको ठहरसहित मेयर थापालाई ८ वर्ष कैद र १० करोड जरिवाना

नेपालअखबार, सर्लाही। सर्लाहीको बागमती नगरपालिकास्थित भरत ताल निर्माणमा भ्रष्टाचार भएको ठहरसहित मेयर भरत थापालाई ८ वर्ष कैद र १० करोड रुपैयाँ जरिवाना निर्धारण भएको छ।

Advertisement

साउन २१ गते विशेष अदालतले मेयर थापा, कर्मचारीहरू विमलकुमार पोखरेल र सागर पौडेल तीनै जनाले बागमती नगरपालिकामा भरत ताल निर्माणका क्रममा नदीजन्य पदार्थ (ढुंगा, गिटी, बालुवा) हिनामिना गरेको भन्दै भ्रष्टाचार ठहर गरेको थियो।

Advertisement
Advertisement

विशेष अदालतले भ्रष्टाचार ठहर गरेर बिहीबार तीनै जनालाई सजायसमेत निर्धारण गरेको हो। थापा, पोखरेल र पौडेललाई ८ वर्ष कैद र जनही १० करोड जरिवानाको सजाय निर्धारण भएको हो।

Advertisement

साथै पीडित राहत कोषमा ४० लाख ३९ हजार १३१ क्षतिपूर्ति भराउन भनिएको छ।

२०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा थापा नेकपा (माओवादी केन्द्र) बाट उम्मेदवार भई मेयर निर्वाचित भएका थिए।

 

bharat-1755174267.jpg