Saturday, July 18

राष्ट्रियताको प्रश्नमा सिङ्गो नेपाल एउटै दृष्टि र एउटै प्रतिबद्धतामा उभिनुपर्छ : विश्व प्रकाश शर्मा

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा सिङ्गो नेपाल एउटै दृष्टि र एउटै प्रतिबद्धतामा उभिनुपर्ने बताएका छन्।शर्माले बिहीबार सामाजिक सञ्जाल एक्समा लेख्दै नेपालको राष्ट्रिय हित र सार्वभौमसत्तासँग जोडिएको यस विषयलाई लिएर फरक–फरक राजनीतिक धारणा भए पनि एउटै राष्ट्रिय दृष्टिकोणमा उभिन जरुरी रहेको उल्लेख गरेका हुन्।

Advertisement

उनले राष्ट्रियतालाई सम्बोधन गर्न सरकार, संसद र सबै राजनीतिक दलबिच ऐक्यबद्ध पहल आवश्यक रहेको जनाउँदै ६ वटा प्रस्ताव अघि सारेका छन्।

Advertisement
Advertisement

शर्माले प्रस्ताव गरेका ६ बुँदा यस्तो छ :

Advertisement

१. सरकारले आह्वान गर्ने सर्वदलीय/सर्वपक्षीय बैठकमार्फत साझा दृष्टि निर्माण।

२. बैठकमार्फत विकसित घटनाक्रममा हाम्रो ऐक्यबद्ध दृष्टि र साझा प्रतिबद्धता सुनिश्चित गर्ने।

३. संविधानको अनुसूची ३ मा २०७७ जेठ ३१ गते संसदले सर्वसम्मत पारित गरेको ‘चुच्चे नक्सा’लाई देशभित्र र अन्तर्राष्ट्रिय जगतमा थप स्पष्ट गर्ने।

४. भारत र चीनबीच २०१५ मे १५ मा लिपुलेकबारे भएको सहमतिसम्बन्धी नेपालले पठाएको कूटनीतिक नोटलाई स्मरण गर्दै पछिल्लो सहमतिबारे पनि कूटनीतिक नोट पठाउने।

५. ऐतिहासिक तथ्यका आधारमा दुवै छिमेकीलाई विश्वासमा लिएर प्रधानमन्त्रीको आसन्न भ्रमणमा लिपुलेक, लिम्पियाधुरा र कालापानीको मुद्दा प्रमुखतासाथ उठाउने।

६. नेपाल–भारत सिमासम्बन्धी समाधानका लागि ७ वर्षअघि तयार भएको प्रबुद्ध व्यक्तिहरुको समूह (EPG) को प्रतिवेदन दुवै प्रधानमन्त्रीले बुझेर त्यसलाई आधार मानेर अन्य विषयहरुको समेत समाधान खोज्ने प्रस्ताव गर्ने।

535689966_1458715751921953_2840379737681553733_n