
नेपालअखबार,काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दीपक थापाले महिला प्रहरीहरूले प्रभावकारी र गुणात्मक काम गरिरहेको बताएका छन् । प्रधान प्रधान कार्यालयमा आयोजित प्रथम महिला प्रहरी सम्मेलन–२०८२ उद्घाटन समारोहमा बोल्दै आईजीपी थापाले सो कुरा बताएका हुन् ।नेपाल प्रहरीमा महिला प्रहरीको प्रतिस्पर्धा उच्च रहेको थापाले बताए । उनले भने, ‘अहिले १२ प्रतिशत भन्दा बढी महिला सङ्गठनमा छन्, प्रतिस्पर्धा उच्च छ ।’
प्रहरीमा महिला कर्मचारीको सङ्ख्या ९ हजार २७८ भए पनि त्यसमा सन्तोष मानेर बस्ने अवस्था नभएको उनले बताए । उनले भने, ‘परिणाममा २० प्रतिशत पुर्याउने गरी योजना बनाउने छौँ ।’
सम्मेलन महिला प्रहरीको सशक्तीकरणमा केन्द्रित रहेको थापाले बताए । उनले भने, ‘सम्मेलन ज्ञान प्रेरणा र परिवर्तनको संवाहक बन्न सकोस् ।’
२००८ सालामा जवानमा भर्ना भएर असईमा अवकाश पाउने चैतमाया डङ्गोललाई सम्मेलनमा सम्मान गरिएको छ । डङ्गोल ३१ वर्ष सेवा गरेर अवकाशमा गएकी थिइन् । उनको त्यसबेलाको पद अहिलेको डीआईजी बराबर रहेको आईजीपी थापाले बताए ।

