Monday, August 3

विद्रोही एकता अभियान एकीकृत समाजवादीमा समाहित

नेपालअखबार,काठमाडौँ।नेकपा (एकीकृत समाजवादी) र विद्रोही नेकपा (राष्ट्रिय एकता अभियान) बीच पार्टी एकता भएको छ।

Advertisement

शुक्रबार नेकपा (एकीकृत समाजवादी) को मुख्यालय आलोकनगरमा महेन्द्र अर्याल नेतृत्वको उक्त अभियान एकीकृत समाजवादीमा समाहित भएको हो। पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उक्तहरूलाई पार्टीमा स्वागत गर्नु भएको हो।

Advertisement
Advertisement

कार्यक्रमको अध्यक्षता पार्टीका वरिष्ठ नेता प्रमेश हमालले गर्नुभएको थियो भने उपाध्यक्ष डा.गंगालाल तुलाधरले सञ्चालन गर्नु भएको थियो।

Advertisement