Thursday, August 6

२०८३को हज यात्रा व्यवस्थित, मर्यादित र हाजीहरुका निम्ति सुविधा युत्त बनाउने :अध्यक्ष अहमद

नेपालअखबार , काठमाडौं । नेपाल हज समिति (गठन तथा संचालन) आदेश २०८२ अनुसार गृह मन्त्रालयद्वारा गठन गरिएका हज समितिको पहिलो बैठक समितिका अध्यक्ष मोख्तार अहमदको अध्यक्षतामा २०८२ ।०५।०५ गते बसेको थियो।
बैठकले गत वर्षको हज यात्रालाई सफलता पुर्वक सम्पन्न गराउन अहम भुमिका खेल्नु भएको नि वर्तमान हज समितिका अध्यक्ष लगायत सम्पुर्ण सदस्य तथा सचिवालयका कर्मचारीहरु एवं सहयोग पुर्याउनु हुने अर्थ मंत्रालय, परराष्ट्र मन्त्रालय, कानुन मंत्रालय, गृह मंत्रालय र सउदी अरब स्थित नेपाली राजदुतावास समेतलाई धन्यवाद ज्ञापन गरेको छ ।

Advertisement


आउंदो वर्ष हजमा जाने इच्छुक नेपाली हज यात्रीहरूको लागि २०८२। ०५।०६ गते देखि २०८२।०६। २० गते सम्म फारम भर्ने सुचना निकाल्ने निर्णय गरेको छ। बैठकमा सबै सदस्यहरु आ(आफ्नो धारणा राखेका थिए। अगामी २०८३को हज यात्रा अझै व्यवस्थित, मर्यादित र हाजीहरुका निम्ति सक्दो सुविधा सहित बनाउन प्रयासरत रहने अध्यक्ष मोख्तार अहमदले जन्कारी दिनु भएको छ।

Advertisement
Advertisement

May be an image of text

Advertisement