Wednesday, July 15

राज्यव्यवस्थाको सभापतिमा निर्विरोध निर्वाचित न्यौपानेले लिइन् शपथ

नेपालअखबार,काठमाडौँ ।  प्रतिनिधिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समिति सभापतिमा निर्विरोध निर्वाचित कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले शपथ लिएकी छन् । सभामुख देवराज घिमिरेले बुधबार पद तथा गोपनियताको शपथ लिएकी हुन् ।

Advertisement

सिंहदरबारस्थित संघीय संसद सचिवालयमा आयोजित कार्यक्रममा सभामुख घिमिरेसमक्ष न्यौपानेले समिति सभापति पदको शपथ लिएकी हुन् । शपथ ग्रहण कार्यक्रममा गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई, कानुनमन्त्री अजयकुमार चौरसिया, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी तथा संसद्‌मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका मुख्य सचेतक, प्रमुख सचेतक र सांसदहरूको सहभागिता थियो ।

Advertisement
Advertisement

राज्यव्यवस्था समितिको सभापति पदका लागि भएको निर्वाचनमा न्यौपानेको मात्र उम्मेदवारी परेको थियो

Advertisement

यसअघिका समिति सभापति रामहरि खतिवडा संघीय निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी विवादमा मुछिएपछि गत साउन २८ मा पदबाट राजीनामा गरेका थिए ।

सभापतिमा निर्वाचित न्यौपाने संविधानसभाको दुई कार्यकाल २०६४ र २०७० मा सदस्य थिइन् । न्यौपाने यसअघि संघीय संसद्को संयुक्त समिति संसदीय सुनुवाइ समितिको सभापति थिइन् । सुनुवाइ समितिको सभापतिबाट राजीनामा गरेर राज्यव्यवस्था तथा सुशासन समिति सभापति निर्वाचित भएकी हुन् ।