Saturday, May 2

फेवातालमा हाम फालेकी महिलाको सशस्त्रले गर्‍यो उद्धार

नेपालअखबार,पोखरा । पोखरास्थित फेवा तालमा हाम फालेकी एक महिलाको सशस्त्र प्रहरीले उद्धार गरेको छ।

मंगलबार बिहान करिब पाँच बजेतिर एक जना महिला पोखरा महानगरपालिका वडा नम्बर ६ गौरीघाटस्थित फेवातालमा हाम फालेकी थिइन्।

Advertisement

मकवानपुर घर भई पोखरा–६ लेकसाइड बस्ने करिब ४५ वषीकी हीरा नेगीलाई प्रहरीले उद्धार गरेको सशस्त्र प्रहरीका प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

डिएसपी थापाका अनुसार नेगी तालमा हाम फाल्दा त्यहाँ रहेको काठको मुढामा अड्किएकी थिइन्। उनलाई सशस्त्र प्रहरी बल नेपाल कालिका गण कास्कीबाट प्रहरी निरीक्षकको कमान्डमा खटिएका पाँच जना गोताखोर, पाँच जना विपद व्यवस्थापन र नेपाल प्रहरी सहितको संयुक्त सुरक्षा फौजले उद्धार गरेको हो। उद्धारपश्चात उनलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान रामघाट पठाइएको  र अवस्था सामान्य रहेको थापाले जानकारी दिए।