
नेपालअखबार,काठमाडौं । सूचना आयुक्त दुर्गा भण्डारी पौडेल सूचनाको हक हरेक नेपालीको पहुँचमा हुनुपर्छ । विदेशमा बसोबास गर्ने नेपालीले सूचनाको हक प्रयोग गर्न नसकेको आयुक्त दुर्गा पौडेलले जान्कारी दिनु भयो । सूचनाको हक सर्वसाधारण जनताको पहुँचमा पुग्न नसक्नुको कारण नै लक्षित वर्ग सूचना प्राप्त गर्ने अवसरबाट बञ्चित रहेको नेपालअखबारलाई उहाँ बताउनु भयो । वर्तमान समयमा सूचनाको हक विषेश गरेर अभियानताहरुले मात्रै प्रयोग गरि रहेका छन् ।
नेपालको संविधानको धारा २७ मा भएको सूचना माग्ने र पाउने हकसम्बन्धी व्यवस्थाको कार्यान्वयनका लागि जारी भएको सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ११ को उपदफा १० बमोजिम सूचनाको हकको संरक्षण, सम्बद्र्धन र प्रचलन गर्ने काम, कर्तव्य तथा अधिकारका लागि राष्ट्रिय सूचना आयोग गठित भएको हो ।सार्वजनिक निकायमा सूचना उपलव्ध गर्न गराउन सूचना अधिकारी तोक्नपर्ने व्यवस्था छ । सूचना अधिकारीको सकारात्मक भूमिकाले नागरिकलाई सूचना पाउन र लिन सहयोग पुर्याउनु पर्छ । यदि कुनै कार्यालयका सूचना अधिकारीले माग गरिएको सूचना सम्बन्धित व्यक्तिलाई दिन नचाहेको अवस्थामा सम्बन्धित व्यत्तिले निवेदन दिएको ७दिन पछि कार्यालय प्रमुखलाई निवेदन दिनु पर्ने सूचना आयुक्त पौडेलले जान्कारी दिनु भयो । यदि यो प्रकृयाबाट पनि सर्वसाधारण नागरिक वा सूचना मागकर्ताले सूचना पाउन नसकेको अवस्थामा सूचना पाउन पेश गरिएको निवेदनको प्रतिलिपि सहित ३५ दिन भित्रमा सूचना आयोगमा इमेल, हुलाक र स्वायम आफै उपस्थिति भइ पुनरावलोकन गर्न निवेदन दिन सकिने व्यवस्था रहेको छ ।
सूचनाको हकसम्बन्धी ऐन,२०६४ को दफा १९ अनुसार आयोगको काम, कर्तव्य र अधिकार कार्यन्वन गर्नका लागि ५ वर्षिय योजना निमार्ण गर्ने बताउनु भयो । अहिलेको डिजिटालिस युगमा हामीले अनलाइनखद्धारा सबै प्रकृया सुरु गरेका छौं साथै सम्बन्धित कार्यलयहरुलाई सूचिकृत हुने प्रकृया सुरु गर्न लागिएको जान्कारी छ । उहाँ भन्नु हुन्छ हामीले चाहेर पनि सबै क्षेत्रमा सचेतना फैलाउन सकेका छैनौं । आयोगमा स्रोतको कमि भएका कारण आज पनि दलित, सिमाकित, अल्पसंख्य पिछडा वर्गलाई सूचनाको हकको महत्वबारे सचेनता मुलक कार्यत्रम गर्न नसकिएको बताउनु भयो । हामी छिट्टै आवश्यकता अनुसार विभिन्न सरोकारवाला निकायसंग सहर्काय गर्दै जनतालाई सचेतना फैलाउने बताउनु भयो ।

