Friday, July 31

जेनजी आन्दोलनका प्रतिनिधिसँग वार्ता गर्ने विषयमा छलफलमा सेना

नेपालअखबार,काठमाडौँ ।  प्रधान सेनापति अशोकराज सिग्देल जेनजी आन्दोलनका प्रतिनिधिसँग वार्ता गर्ने विषयमा छलफलमा जुटेका छन्।

Advertisement

मंगलबार राति १० बजेदेखि नेपाली सेना सडकमा परिचालन भएको छ। योसँगै अहिले स्थिति नियन्त्रणमा आएको सेनाले जनाएको छ।

Advertisement
Advertisement

तर जेनजीको प्रतिनिधिसँग को हुने भन्नेबारे अन्यौलता समेत देखिएको छ।

Advertisement

सेनाले विभिन्न प्रतिनिधिहरूको नाम पाएको छ। तर यही मौकामा फाइदा उठाउन खोज्नेहरूबारे समेत सचेत हुनुपर्ने भन्दै सैनिक मुख्यालयमा छलफल चलिरहेको हो।

अहिले जेनजीका सबै प्रतिनिधिको रूपमा स्वीकार्य व्यक्तिको खोजी भइरहेको उच्च स्रोतले बतायो।