Monday, September 21

बागमतीका सभामुख पाठकले राजीनामा दिए

नेपालअखबार,काठमाडौं । बागमती प्रदेशसभाका  सभामुख भुवनकुमार पाठकले पदबाट राजीनामा दिएका छन्।

Advertisement

बुधबार उनले उपसभामुख अप्सरा चापागाईंसमक्ष राजीनामा बुझाएको जानकारी दिए।

Advertisement
Advertisement

‘कानुनअनुसार उपसभामुखलाई आजै राजीनामा बुझाएको छु,’ उनले भने।

Advertisement

पाठकले नैतिकताका आधारमा पदमा नबसकेको बताए।

‘भर्खरै प्रदेशसभा भवन बनाएका थियौं। त्यो पनि २४ गते जल्यो। यो विषम् परिस्थितिकाबीच पदमा बसिराख्न नैतिकताले दिएन,’ उनले भने।

प्रतिनिधिसभा विघटन भए पनि प्रदेश सभा र स्थानीय सरकार कायम रहन्छ।

पाठक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट सभामुख बनेका थिए।