Saturday, April 18

कांग्रेसले आइतबार क्षतिको विवरण सार्वजनिक गर्ने

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसले गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा भएको क्षतिको विवरण आगामी आइतबार(असोज ५) सार्वजनिक गर्ने भएको छ ।

नेपाली कांग्रेसका नेता एवं प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार असोज ५ गते सम्पूर्ण क्षतिको विवरण सार्वजनिक गरिने र सोही दिनको दिउँसो १ बजेदेखि पार्टी कार्यालय सरसफाइ गरिने छ ।

Advertisement

सामूहिक सरसफाइ कार्यमा सहभागी हुन पार्टीले आग्रह समेत गरेको छ । गत भदौ २३ र २४ गते जेनजी पुस्ताका युवाहरूले बेथितिविरुद्ध काठमाडौँ लगायत देशभर आन्दोलन गरेका थिए । त्यसक्रममा सार्वजनिक तथा निजी सम्पत्ति,पार्टी कार्यालयहरूमा आगजनी तथा तोडफोड गरिएको थियो ।

550757061_1123052456440879_3311486745477360383_n