
नेपालअखबार,काठमाडौं । निर्वाचन आयोग निर्वाचन कार्यतालिका निर्माणमा जुटेको छ ।
आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार बुधबारदेखि आयोग कार्यतालिका निर्माणमा जुटेको हो ।
‘निर्वाचनका लागि सामग्री संकलनदेखि दल दर्ता, उम्मेदवारी दर्ता, उम्मेदवारको प्रचारप्रसार, मतदान र निर्वाचनको नतिजा सार्वजनिकसम्मको कार्ययोजना बनाउने कार्यमा प्रारम्भिक छलफल सुरु भएको छ’ घिमिरेले भने । कार्ययोजना अनुसार तालिका बनेर सार्वजनिक हुनेछ ।
सरकारले हालै मतदाता संकलनका लागि बाटो खेल्दै अध्यादेश ल्याएको छ । अध्यादेश अनुसार कसले कहाँबाट कहिलेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने भनेर कार्यविधि आयोगले बजानेछ । यो कार्यविधि पनि आयोगले छिट्टै बनाउने र कार्यान्वयनमा लैजाने आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए ।


