
नेपालअखबार,काठमाडौं । नेपालीहरूले स्वदेशी उत्पादनलाई पहिलो प्राथमिकतामा राख्ने हो भने विकासले गति समाउन धेरै समय लाग्दैन । हिमाली कफी सपका सञ्चालक युवा व्यवसायी प्रकाश महरासँग नेपाल अखबारसँग कुराकानी गर्दै युवा व्यवसायी प्रकाश महरा भन्नुहुन्छ यदि हामीले विदेशी ब्रान्डका सामग्रीलाई प्रतिस्पर्धा गर्न सक्ने हाम्रै उत्पादनलाई अगाडि बढाउने हो भने देशले तीव्रगतिमा विकास गर्ने बताउनुहुन्छ । महरा डोटी जिल्ला निवासी अध्ययनकै क्रममा काठमाडौँ आएका थिए । सन् २००९ मा थप अध्ययनका लागि जापान पुग्नु भयो । अध्ययनसँगै जापानमा रोजगारीमा जुट्दै गर्दा उहाँले आफ्नो जीवनको १५ वर्ष उतै बिताउनु भएको रहेछ । हाल जापानमा अन्तर्राष्ट्रिय विद्यालयमा कलेजमा कार्यरत हुनुहुन्छ। नेपालमा युवा व्यावसायीको रूपमा उदाउँदै गरेका हिमाली कफी सपका सञ्चालक प्रकाश महत्व महरा भन्नुहुन्छ प्राय सबै कफी सपहरुमा भारतीय ब्राण्डका कफीहरू बिक्री गरिने गरिन्छ । एउटा हिमाली कफी सपमा नेपाली उत्पादनलाई पहिलो प्राथमिकतामा राखिएको छ । नेपालमै उत्पादित भएका कफीहरूलाई मात्र हाम्रा ग्राहकहरूको अगाडि पस्किने गरेका छौं । विदेशी कफी भन्दा नेपाली कफीको स्वाद उत्कृष्ट रहेको बताउनुहुन्छ ।
नयाँ बानेश्वर चोकको संखमूल जाने बाटोमा रहेको हिमाली कफी सपमा स्वदेशी उत्पादन भएको कफी र मह बिक्री वितरणको गरिदै आएको छ । विदेशी स्वाद चाख्नु चाहने ग्राहकहरुका लागि पनि जापानीज ग्रिन टिे पनि उपलब्ध रहेको संचालक महराले बताउनु भयो । देशको परिस्थितिले गर्दा विदेशीयता पनि प्रत्येक नेपालीहरूको मन आफ्नै देशमा रहेको हुन्छ । बुढेसकालमा वृद्धा भत्ता खान आउनु भन्दा पहिला नै मैले जे जति सक्छु स्वदेशमा लगानी गर्छु भन्ने उद्देश्यका साथ हिमाली कफी सप संचालन गरेको महराले बताउनुभयो ।
हिमाली कफी सप सञ्चालनमा आएको करिब डेढ वर्ष जति मात्र भएको छ । सबै नेपालीले स्वदेशी उत्पादनलाई पहिलो प्राथमिकता दिने हो भने देशले आफै विकासको गति लिने बताउनु हुन्छ । महरा नेपाल रिटनी एशोसिएसन समाजवादीका केन्द्रीय सचिव समेत हुनु हुन्छ ।

नेपाली उत्पादनलाई पहिलो प्राथमिकता राख्नुपर्छ भन्ने नेपाल रिटर्नी एकीकृत समाजवादीका अध्यक्ष प्रविन पौडेल बताउनुहुन्छ हिमाली कफीसपको स्वाद नै फरक छ। पिउँदा पिउँदा उत्कृष्ट स्वाद दिने र आफ्नोपनको अनुभूति दिलाउने खालको कफी रहेको बताउनुभयो। हिमाली जावा कफी सपमा कफी पिउँदा यहाँको भन्दा स्वादमा फरक र मूल्य वृद्धि रहेको उहाँलेबताउनुभएको छ।

