Thursday, July 9

मानव अधिकार आयोगले माग्यो बाल विवाहले पार्ने प्रभावसम्बन्धी दस्तावेज र अध्ययन प्रतिवेदन

नेपालअखबार, काठमाडौं ।  राष्ट्रिय मानव अधिकार आयोगले बाल विवाहले मानव अधिकारमा पार्ने प्रभावसम्बन्धी राष्ट्रिय जाँचबुझका लागि प्रतिवेदन तथा अन्य दस्तावेज पेश गर्न आह्वान गरेको छ ।

Advertisement

आयोगले बाल विवाहले मानव अधिकारमा पारेको प्रभाव सम्बन्धमा राष्ट्रिय जाँचबुझ गर्न लागेको छ । यो अनुसन्धानमुलक जाँचबुझले शिक्षा, स्वास्थ्य, हिंसाबाट सुरक्षा तथा समग्र मानव अधिकारमा पारेको प्रभाव लगायतका आधारभूत अधिकारहरूमा बाल विवाहले पार्ने बहुआयामिक प्रतिकुल प्रभावको मूल्यांकन र समीक्षा गर्ने उद्देश्य राखेको आयोगले जनाएको छ ।

Advertisement
Advertisement

आयोगले सूचना नै निकालेर नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तह, नागरिक समाजका संघ संस्था, अध्ययन अनुसन्धानमा सक्रिय निकाय तथा अन्तर्राष्ट्रिय संघ/संस्थाबाट भए गरेका अध्ययन/अनुसन्धान प्रतिवेदन वा सूचनामुलक जानकारी उपलब्ध गराउन आह्वान गरेको हो ।

Advertisement

यसै सन्दर्भमा आयोगले बाल बिबाहसम्बन्धी अध्ययन, नीति विश्लेषण, मूल्यांकन र समिक्षाका प्रतिवेदन र नेपालमा बाल विवाहले मानव अधिकार उपभोगमा परेका प्रभावहरू देखिने किसिमका अन्य सान्दर्भिक दस्तावेजहरू उपलब्ध गराई सहयोग गर्न अनुरोध गरेको हो ।इच्छुकले आयोगको इमेल ठेगानामा वा आयोगको केन्द्रीय कार्यालय वा प्रदेश तथा प्रदेश शाखा कार्यालयमा नै उपस्थित भएर प्रतिवेदन तथा दस्तावेज पेश गर्न सक्नेछन् ।