Sunday, July 26

बाँदरले दुःख दिएपछि समयअगावै किसानले टिपे सुन्तला

नेपालअखबार,भोजपुर। बाँदरको समस्याका कारण यहाँका किसान समयअगावै सुन्तला टिप्न बाध्य भएका छन्।

Advertisement

पछिल्ला वर्षमा बाँदरका संख्यामा उल्लेख्य वृद्धि भएपछि बगैँचामा फलफूलको क्षति बढ्दै गएको किसानहरू बताउँछन्।

Advertisement
Advertisement

सामान्यतया मंसिर–पुस महिनामा मात्र टिप्ने सुन्तला यस वर्ष असोज–कात्तिकमै टिप्नुपर्ने अवस्था आएको किसानको भनाइ छ।

Advertisement

बाँदरको हुल आएर सुन्तला, अम्बा, एभोकाडोलगायतका फल टिपेर खाने र कतिपय बोट भाँचेर नोक्सान पुर्‍याउने गरेको स्थानीयहरूको भनाइ छ।

भोजपुर नगरपालिका–५ बोखिमका किसान भीमप्रसाद फुयालका अनुसार बाँदरको हुल दिनभर खेतबारी र बगैँचामा आउने भएकाले खेतीपाती जोगाउन निकै कठिन भएको छ ।

‘बिहानदेखि बेलुकीसम्म बाँदरले बगैँचा सताउँछ,’ उनले भने, ‘तर्साउन ढुंगा हान्ने, गरे पनि नियन्त्रणमा आउँदैन ।छिनभर बगैँचामा पस्यो भने सखाप नै पार्छ । फलफूल, अन्नबाली बोटमा पकाएर खाने अवस्था छैन।’

जिल्लाको प्रमुख नगदेबालीका रूपमा सुन्तला खेती पहिचान हुँदै आएको छ।

तर पछिल्ला वर्षहरूमा बाँदरको समस्याका कारण उत्पादन र आम्दानीमा गिरावट आएको किसानहरूको गुनासो छ । समयअगावै फल टिप्नुपर्ने बाध्यताले बजार मूल्य पनि घट्ने र फलको गुणस्तरमा असर पर्ने स्थानीय कृषक गीता कार्कीले बताए।

किसानहरूले बाँदर नियन्त्रणका लागि सम्बन्धित निकायले ध्यान दिनुपर्ने माग गरेका छन्।