Saturday, November 1

एकीकृत समाजवादीसँगको पार्टी एकताबारे हानिकारक हुन सक्छ : जनार्दन

नेपालअखबार,काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले नेकपा एकीकृत समाजवादीसँगको एकता दीर्घकालीन दृष्टिले हानिकारक हुन सक्ने बताएका छन् ।

Advertisement

पार्टीको महाभिवेशन आयोजन समितिको सचिवालय बैठकमा उनले यस्तो बताएका हुन् । सचिवालय बैठक पार्टीको मुख्यालय पेरिसडाँडामा जारी छ ।

Advertisement

सचिवालय बैठकमा नेता शर्माले भनेका छन्, ‘हतारको एकताले केही नेताहरूको व्यक्तिगत स्वार्थ पूरा गर्न सक्छ, तर आम कम्युनिष्ट आन्दोलनका लागि प्रतिकूल परिणाम ल्याउनेछ । त्यसैले उपयुक्त गृहकार्य वैचारिक स्पष्टता र एकता बिना गरिएको एकता दीर्घकालीन दृष्टिले हानिकारक हुनेछ ।’

उक्त बैठकमा प्रचण्डले भने एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रसहितका दलहरूबीचसँग एकताको सैद्धान्तिक र नीतिगत विषय टुंगिएको ब्रिफिङ गरेका छन् । प्रचण्डले संगठनात्मक विषय समेत नेतृत्व तहमा करिब–करिब टुंगिएको बताएका छन ।