Thursday, July 9

४ देशका राजदूतले राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र

नेपालअखबार,काठमाडौं । चार देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

Advertisement

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहका बीच चार देशका राजदूतले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।

Advertisement
Advertisement

नेपालका लागि इजिप्टका राजदूत शरिफ मुस्तफा अलसैयद, नर्वेकी राजदूत डाग्नी म्योस, श्रीलंकाकी राजदूत रुवान्थी डेलपिटिया, म्यानमारका राजदूत थान्त सिनले आफ्नो ओहोदाको प्रमाणपत्र राष्ट्रपति पौडेलसमक्ष पेश गरेका राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए । समारोहमा सरकारका उच्च पदस्थ अधिकारहरू समेत थिए ।

Advertisement

नवनियुक्त राजदूतहरूलाई काठमाडौंको होटल डुसिट प्रिन्सदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो ।