
नेपालअखबार, नयाँ दिल्ली । बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाको छोरा सजीव वाजिदले आफ्नी आमाको मृत्युदण्डलाई गैरकानूनी भनेका छन् । बङ्गलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएपछि वाजिदको यो प्रतिक्रिया आएको छ । बङ्गलादेशले भारतसँग शेख हसिनाको सुपुर्दगीको माग गरेको छ ।
हसिनाको सुपुर्दगी र बङ्गलादेशको राजनीतिक संकटमा भारतको भूमिकाको बारेमा समाचार एजेन्सी एएनआईले उनका छोरा सजीव वाजेदसँग कुरा गरेको थियो । सजीव वाजिदले भने, ‘भारत सधैं असल मित्र रहेको छ । संकटको समयमा भारतले मेरी आमाको ज्यान बचायो । यदि उनले बंगलादेश नछोडेको भए, अतिवादीहरूले उनको हत्या गर्ने योजना बनाएका थिए । मेरी आमाको ज्यान बचाएकोमा म प्रधानमन्त्री मोदीको सरकारप्रति सधैं आभारी रहनेछु ।’
‘सुर्पदगी प्रक्रियाबाट हुनुपर्छ । बङ्गलादेशमा निर्वाचित सरकार छैन; यो असंवैधानिक र अवैध सरकार हो ।’ शेख हसिनाको सुपुर्दगीबारे उनले भने । आमालाई दोषी ठहराउन र उनको मुद्दा छिटो चलाउन कानुन संशोधन गरिएको पनि उनले बताए । सांसदबिना कानुन संशोधन गर्न नपाउने र यसको अर्थ कानुनहरू गैरकानूनी रूपमा संशोधन गरिएकोमा उनले जोड दिए ।
आमालाई बचाउ वकिल राख्न अनुमति नदिइएकाे र उनका वकिलहरूलाई अदालतमा प्रवेश गर्न पनि अनुमति नदिइएको पनि उनले बताए । मुद्दा चल्नु अघि, १७ न्यायाधीशहरूलाई बर्खास्त गरेर नयाँ न्यायाधीशहरू नियुक्त गरिएको अनि यीमध्ये कसैलाई त बेन्चमा काम गरेको कुनै अनुभवै नभएको उनीहरू राजनीतिक रूपमा मात्रै जोडिएको पनि वाजिद बताए । सुपुर्दगीको लागि उचित प्रक्रियाहरू पालना हुनु पर्ने भन्दै उनले सबै कुरा अवैध रूपमा भएको बेला कुनै पनि देशले सुपुर्दगी नगर्ने बताए ।


