Saturday, July 25

एक हजार किलोभन्दा बढी गाँजा बोकेको ट्रकसहित चालक र सहचालक पक्राउ

नेपालअखबार,लहान । सिराहा प्रहरीले लहानबाट एक हजार किलोभन्दा बढी गाँजासहित ट्रकका चालक र सहचालकलाई पक्राउ गरेको छ ।

Advertisement

आइतबार पश्चिमबाट पूर्वतर्फ गइरहेको ना५ख ३२०९ नम्बरको ट्रकलाई लहान–१, ट्रफिक चोकबाट एक हजार १५ किलो गाँजासहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

Advertisement
Advertisement

विशेष सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा उक्त परिमाणको गाँजासहित ट्रकका चालक  संखुवासभा, धर्मदेवी नगरपालिका–९, छिपिधाराका २४ वर्षीय टंक विश्वकर्मा र सहचालक धनकुटा, छथर जोरपाटी गाउँपालिका–२ का २२ वर्षीय खेम राना मगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा डीएसपी रमेश बहादुर पालले जानकारी दिए

Advertisement

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले ट्रकलाई जाँच गर्ने क्रममा चालक बस्ने क्याबिन पछाडि फल्स बटम बनाई ३१ वटा बोरामा लुकाइछिपाइ राखेको अवस्थामा उक्त परिमाणको गाँजा फेला पारेको प्रहरीको भनाइ छ ।

पक्राउ परेका दुवै जनालाई जिल्ला अदालतमा उपस्थित गराइ अनुसन्धानका लागि पाँच दिनको म्याद लिइएको प्रहरीले जनाएको छ ।