Sunday, May 24

सुन्धारा कारागारबाट फरार एक कैदीबन्दी पक्राउ

नेपालअखबार,काठमाडौं । जेनजी आन्दोलनको क्रममा सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएकी एक कैदी पक्राउ परेकी छिन् ।

पक्राउ पर्नेमा ओखलढुंगाको लिखु गाउँपालिका–९ घर भएकी ३९ वर्षीया सरिता सुवेदी छन् । उनलाई जिउ मास्ने बेच्ने कसुरमा अदालतले १३ वर्ष कैद सुनाएको थियो ।

Advertisement

उनी सुन्धारा कारागारको महिला बन्दी गृहमा थिइन् । जेनजी आन्दोलनको क्रममा उनी कारागारबाट फरार भएकी थिइन् । फरार सुवेदीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले ठूलो भर्‍याङबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयका लागि कारागार पठाइएको सीआईबीको प्रवक्ता शिवकुमार श्रेष्ठले बताए ।