Wednesday, July 15

आगलागीको छाया, हङकङ निर्वाचनमा न्यून मतदान

नेपालअखबार,हङकङ । हङकङमा आइतबार भएको व्यवस्थापिका परिषद्को निर्वाचनमा लगभग कीर्तिमानी न्यून मतदान भएको छ। सहरमा करिब आठ दशकयताकै सबैभन्दा खराब आगलागीको घटनाले ‘देशभक्त’ लाई मात्र चुनावमा भाग लिन दिने सरकारी प्रयासमाथि छाया पारेको छ।

Advertisement

सरकारी तथ्याङ्क अनुसार, आइतबारको व्यवस्थापिका परिषद् निर्वाचनमा ३१.९ प्रतिशत मात्रै मतदान भएको छ। सन् २०२१ मा ३०.२ प्रतिशतको कीर्तिमानी न्यून मतदान भएको थियो। बेइजिङले प्रणाली परिवर्तन गरेर बेइजिङप्रति वफादार व्यक्तिहरूलाई मात्र उम्मेदवार बन्न दिने व्यवस्था लागू गरेपछि यो दोस्रो निर्वाचन हो।

Advertisement
Advertisement

स्वायत्त चिनियाँ सहरमा ९० विधायक छान्नका लागि चुनाव भएको थियो, जसमा २० सिट मात्र प्रत्यक्ष निर्वाचित हुन्छन्।

Advertisement

नोभेम्बरको अन्त्यमा उत्तरी हङकङको वाङ फुक कोर्टमा रहेको आवास भवनमा आगलागी हुँदा कम्तीमा १५९ जनाको मृत्यु भएपछि निर्वाचनका लागि राजनीतिक प्रचार अभियान अचानक रोकिएको थियो। यस विपत्तिको प्रकाशमा मतदान अगाडि बढाउने कि नबढाउने भन्नेबारे प्रश्न उठेका थिए।

तर, हङकङका प्रमुख कार्यकारी जोन ली ले स्थिरता कायम गर्नका लागि निर्वाचन अघि बढाउनुपर्ने बताएका थिए। उनले सुधारहरू अगाडि बढाउन, साथै पुनर्निर्माण कार्यहरू छिटो अगाडि बढाउन नवनिर्वाचित व्यवस्थापिका आवश्यक रहेको बताए। उनले आगलागीको अनुसन्धान गर्न एक न्यायाधीशको नेतृत्वमा ‘स्वतन्त्र समिति’ घोषणा गरेका छन्।आइतबार, चिन्तित मुद्रामा देखिएका प्रमुख कार्यकारी लीले सहरमा आफ्नो मतदान गरे। यसैबिच, हङकङको भ्रष्टाचार विरोधी निकायले सामाजिक सञ्जालमा मानिसहरूलाई मतदान नगर्न वा अमान्य मतपत्र हाल्न प्रोत्साहित गर्ने पोस्ट गरेको आरोपमा चार जनालाई पक्राउ गरिएको जनाएको छ।