Sunday, April 19

अध्यक्षमा ओलीको उम्मेदवारी : प्रस्तावक बादल, समर्थक पौडेल

नेपालअखबार,काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओलीले आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा अहिले उम्मेदवारी दर्ताको क्रम चलिरहेको छ ।

सो क्रममा ओलीले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । ओलीको सचिवालयका अनुसार, रामबहादुर थापा बादल ओलीको प्रस्तावक रहेका छन् भने समर्थक विष्णुप्रसाद पौडेल रहेका छन् ।

Advertisement

अर्का अध्यक्षका प्रत्यासी ईश्वर पोखरेलले पनि उम्मेदवारी दर्ता गराइसकेका छन् ।

निर्वाचन कार्यतालिका अनुसार, मतदान भोलि हुँदैछ । आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदैछ ।ओली र पोखरेल दुवै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका हुन् ।