Sunday, April 19

ईश्वर पोखरेलको टीममा समेटिएका पदाधिकारी यी हुन्

नेपालअखबार,काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनका क्रममा ईश्वर पोखरेलको टीममा स्वतन्त्र उम्मेदवारी दिएका भनिएका नेताहरूलाई समेत समेटिएको छ ।

उनको टीममा उपाध्यक्षमा गोकर्ण विष्ट, परशुमेघी गुरुङ, विन्दा पाण्डे, अरुण नेपाल, रघुजी पन्त र टंक कार्कीलाई समेटिएको छ । त्यसमा एक जना बढी भएकाले पछि छलफल गरेर मिलाइने पोखरेल समूहका एक नेताले बताए ।

Advertisement

यस्तै उपमहासचिवमा  योगेश भट्टराई, आनन्द पोखरेल र बैजनाथ चौ‍धरीको उम्मेदवारी रहेको छ भने महासचिवमा सुरेन्द्र पाण्डेको उम्मेदवारी रहेको छ।

यस्तै सचिवमा रचना खड्का , कर्ण थापा, गोकुल बास्कोटा , विनोद ढकाल , कृष्णगोपाल श्रेष्ठ, ठाकुर गैरे, इन्द्रलाल सापकोटा र पुरुषोत्तम पौडेलको उम्मेदवारी रहेको छ।