Saturday, January 10

१० मुद्दामा १ करोड ठगीका अभियुक्त समातिए

नेपालअखबार,काठमाडौं । विभिन्न १० मुद्दाका करिब एक करोड रुपैयाँ ठगी अभियुक्तका एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापाको मेची नगरपालिका–२ का ४६ वर्षीय नवीन रिजाल छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं–१० बाट उनलाई पक्राउ गरेको हो ।

Advertisement

पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त सिंहदरबार पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी काजिकुमार आचार्यले बताए ।

उनीविरुद्ध वैदेशिक ठगीका ७ र बैंकिङ कसुरका ३ गरी १० मुद्दा दर्ता भएको पाइएको प्रहरीले बताएको छ । वैदेशिक ठगीका ७ मुद्दामा ५४ लाख ५४ हजार बिगो रहेको प्रहरीले बताएको छ । उनले फ्रान्स पठाउने भन्दै ठगेको प्रहरीले बताएको छ ।त्यस्तै जिल्ला प्रहरी परिसर काठमाडौंमा २४ लाख ४ हनार बिगोको एक थान बैंकिङ कसुरको मुद्दा दायर भएको छ । प्रहरी वृत्त गौशालामा ८ लाख र सिंहदरबारमा ६ लाख बिगोको बैंकिङ कसुर मुद्दा रहेको छ ।