Saturday, January 10

‘राष्ट्र निर्माण दल’ घोषणा, चुनाव चिन्ह ‘पानीको बोतल’ प्रस्ताव

नेपालअखबार, काठमाडाैँ । मुस्लिम आयोगका पूर्वअध्यक्ष समिम मियाँ अन्सारीको अध्यक्षतामा राष्ट्र निर्माण दल घोषणा गरिएको छ ।

शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै पार्टीको औपचारिक घोषणा गरिएको हो । पार्टी घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष अन्सारीले राष्ट्र निर्माण दल अन्य राजनीतिक दलभन्दा फरक विचार र उद्देश्यका साथ अघि बढ्ने दाबी गरे ।May be an image of one or more people, people studying and crowd

Advertisement

पार्टीको मुख्य लक्ष्य जनताको हित र राष्ट्र निर्माणमा केन्द्रित रहने उनको भनाइ छ । उनले पार्टी कुनै व्यक्तिगत स्वार्थ वा फाइदाका लागि गठन नगरिएको स्पष्ट पार्दै सबै भूगोल, जातजाति र समुदायलाई समेटेर समावेशी बनाइएको जिकिर गरे ।

पार्टीको चुनाव चिन्ह पानीको बोतल प्रस्ताव गरिएको छ । उनले छिमेकी मुलुकहरूसँगको परराष्ट्र सम्बन्धलाई थप सुदृढ बनाउँदै उनीहरूको सहयोगमा देशको विकासमा लाग्ने प्रतिवद्धता व्यक्त गरे ।May be an image of text