
मुस्ताक आलम, सुनसरी । संविधानको रक्षा, लोकतन्त्रको अनुभूति र समृद्ध सुनसरी–४ को निर्माणका लागि आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुख चिन्हमा मतदान गर्न ज्ञानेन्द्र बहादुर कार्की लाई विजयी गराउन बराहक्षेत्र नगरसभापति रमेश कार्की ले सम्पूर्ण क्षेत्रवासीसमक्ष भावुक अपिल गर्नुभएको छ।
नगरसभापति कार्कीले लोकतन्त्रको संरक्षण र संविधानको कार्यान्वयनका लागि अनुभवी, जिम्मेवार र विकासप्रेमी नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै सुनसरी क्षेत्र नं. ४ को समग्र विकासका लागि ज्ञानेन्द्र बहादुर कार्की उपयुक्त उम्मेदवार भएको बताउनुभयो। उहाँले विगतमा भएका विकास निर्माणका काम, पूर्वाधार विस्तार, शिक्षा, स्वास्थ्य र सडक सञ्जालमा देखिएको प्रगति जनताले अनुभूति गरिसकेको दाबी गर्नुभयो।
“संविधानको रक्षा र लोकतान्त्रिक मूल्य–मान्यताको सुदृढीकरण हाम्रो साझा जिम्मेवारी हो,” नगरसभापति कार्कीले भन्नुभयो, “सुनसरी–४ को उज्ज्वल भविष्य, स्थायित्व र समृद्धिका लागि रुख चिन्हमा मतदान गरी ज्ञानेन्द्र बहादुर कार्कीलाई विजयी गराऔं।”
उहाँले निर्वाचनलाई लोकतन्त्रको पर्वका रूपमा लिँदै शान्तिपूर्ण, निष्पक्ष र उत्साहजनक सहभागिताका साथ मतदानमा सहभागी हुन सम्पूर्ण मतदातालाई आह्वान गर्नुभएको छ।

