नेपाल अखबार, एजेन्सि। रुसका ह्याकर्सले विश्वमा कोरोना भाइरसविरुद्ध खोप बनाइरहेका संस्थालाई निशाना बनाइरहेको बेलायतको राष्ट्रिय साइबर सुरक्षा केन्द्र (एनसीएससी) ले बताएको छ।
जसले रुसको गुप्तचरको एउटा हिस्सा बनेर काम गरिरहेको एनसीएससीको दाबी छ। केन्द्रका अनुसार ती ह्याकरले कोरोनाविरुद्ध खोप बनाउने महत्वपूर्ण जानकारी चोर्ने प्रयास गरिरहेका छन् ।
एनसीएससीका निर्देशक पाल चिचेस्टरले यसलाई घृणित कार्य भनेका छन्। बीबीसी

