Tuesday, July 7

डोल्पामा लेक लागेका बिरामीको हेलिकप्टरबाट उद्धार

नेपालअखबार,डोल्पा। हिमाली जिल्ला डोल्पाको माथिल्लो क्षेत्रबाट लेक लागेर बिमारी परेका एकजनाको उद्धार गरिएको छ ।

Advertisement

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने माथिल्लो डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका-३ साल्दाङमा लेक लागेर बिरामी भएका बर्दियाको मधुवन नगरपालिका २ गंगा पटुवा घर भएका अन्दाजी ३० वर्षीय चन्द्रबहादुर चौधरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।

Advertisement
Advertisement

प्रहरी अनुसार चौधरी फोक्सुण्डो गाउँपालिकाको नाममा रहेको बा१ग ३६३६ नम्बरको स्काभेटर मर्मतका लागि जगदम्बा इन्जिनियर कम्पनी ललितपुरबाट मुस्ताङ हुँदै जेठ ३ गते साल्दाङ पुगेका थिए ।

Advertisement

जेठ ४ गते बिहान करिब ११:३० बजे अचानक उनलाई स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि साल्दाङ स्वास्थ्य चौकीमा लगिएको थियो ।स्थानीय स्वास्थ्य चौकीमा समेत औषधि उपचार हुन नसकेपछि गाउँपालिका अध्यक्ष धावा सुम्दुक गुरुङको समन्वयमा थप उपचारको लागि मंगलबार नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरी प्रदेश हस्पिटल सुर्खेत पठाइएको प्रहरीले जनाएको छ ।