Sunday, July 26

धवल शम्शेर र दुर्गा प्रसाईंबीच नयाँ पार्टी खोल्ने सहमति

नेपालअखबार,काठमाडौं । राप्रपा परित्याग गरेका धवल शम्शेर र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियान सञ्चालन गरिरहेका दुर्गा प्रसाईं समूहबीच नयाँ पार्टी खोल्नेबारे समझदारी भएको छ।

Advertisement

धवल शम्शेरसहित १८६ जना नेता तथा कार्यकर्ताहरूले बिहीबार सामूहिक रूपमा राप्रपा परित्याग गरेका थिए भने आज राणा र प्रसाईंबीच नयाँ पार्टी खोल्ने सहमति भएको हो।

Advertisement
Advertisement

‘पूर्वसांसद धवल शम्शेर राणा नेतृत्वमा रहेको समूह र दुर्गा प्रसाईं नेतृत्वमा रहेको समूहबीच राजनीतिक दल निर्माण गर्न सहमति गरिएको छ,’ समझदारीमा उल्लेख छ, ‘विचार र सिद्धान्त मिल्ने अन्य राजनीतिक दल, अभियान, संगठन र व्यक्तिहरूलाई साथ लिएर नयाँ राजनीतिक पार्टी घोषणा गर्नेछौं।’

Advertisement

नयाँ निर्माण हुने राजनीतिक दलमा ६० प्रतिशत युवा तथा महिला सहभागिता हुने उनीहरूले बताएका छन्।

यस्तो छ सम्झौता-

711445504_1482415456959739_2781479493581129545_n-1780659760.jpg711188611_2007774013187184_53203884481173096_n-1780659773.jpg