Tuesday, July 21

कोशी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार

नेपालअखबार, काठमाडौँ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ कोशी ब्यारेकको ४७ नम्बर ढोकाबाट हाम फालेका व्यक्तिको सकुशल उद्धार गरिएको छ ।

Advertisement

सो घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेश भारदहबाट खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उनलाई उक्त ब्यारेजदेखि करिब ९० मिटर तलबाट मोटर बोटको सहायताले सकुशल उद्धार गरेको छ।

Advertisement
Advertisement

उद्धार गरिएका साहको अवस्था भने सामान्य रहेको छ ।

Advertisement

सोही नगरपालिका–५ बस्ने अन्दाजी २८ वर्षीय जयप्रकाश साह उक्त नदिमा असार ४ गते सोमबार दिउँसो नदीमा हाम फालेका थिए ।