Wednesday, August 12

रास्वपा नेता यादव पक्राउ

नेपालअखबार, रौतहट । सामाजिक सञ्जालमार्फत अभद्र तथा आपत्तिजनक शब्द प्रयोग गरेर गालीगलौज गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्थानीय नेता रविन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको छ।

Advertisement

स्थानीय सागर यादवलाई लक्षित गरी सामाजिक सञ्जालमार्फत आपत्तिजनक तथा अभद्र शब्द प्रयोग गरेको भन्दै परेको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डीएसपी वसन्त गौतमले यादवलाई अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको पुष्टि गरे। प्रहरीका अनुसार उनीबारे थप अनुसन्धान भइरहेको छ।

Advertisement

जिल्ला प्रहरी कार्यालय रौतहटले यादवलाई मंगलबार साँझ करिब ७ बजे अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो।