Tuesday, September 22

पेस्तोल र ४ राउन्ड गोलीसहित एक जना पक्राउ

नेपालअखबार,रूपन्देही । रूपन्देहीमा पेस्तोल र गोलीसहित एक जना पक्राउ परेका छन्।

Advertisement

जिल्ला प्रहरी कार्यालयका अनुसार सियारी गाउँपालिका वडा नम्बर २ का ४४ वर्षीय अजय चौधरी पेस्तोल र ४ राउन्ड गोलीसहित पक्राउ परेका हुन्।

Advertisement
Advertisement

चौधरीलाई आइतबार साँझ पौने ८ बजेतिर सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ विद्या पथबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दले जानकारी दिए।

Advertisement

चोरीका मोटरसाइकललाई नक्कली कागजात तयार गरी बेचबिखन गर्दै आएको गोप्य सूचनाको आधारमा प्रहरीले चौधरीमाथि चेकजाँच गरेको थियो।

सो क्रममा टाइप ५४ जस्तो देखिने १ थान पेस्तोल, सोही पेस्तोलमा लाग्ने ४ राउन्ड गोली, एउटै फोटो भएका २ थान ब्लु बुक र ४ थान भारतीय आधार कार्ड बरामद गरिएको प्रहरी नायब उपरीक्षक चन्दले बताए।

पक्राउ परेका चौधरीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।