Tuesday, October 28

पछिल्लो २४ घण्टामा थप १३३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि

नेपाल अखबार, काठमाडाैं। नेपालमा पछिल्लो २४ घण्टामा थप १३३ जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् ।  यसमध्ये धनकुटाका १, सुनसरी ४, झापा २५, मोराङ २, सप्तरी ७, सुनसरी १, बारा १, सर्लाही २, पर्सा ३१, धुनषा १, काठमाडौँ १०, चितवन २, उदयपुर १, कास्की ५, लमजुङ ३, बागलुङ १, तनहुँ १, बाँके २, बर्दिया २, दाङ ४, नवलपरासी पूर्व ४, रुपन्देही ४, जाजरकोट १, कालिकोट २, दैलेख ८ र कैलालीका ८ जना रहेका छन् ।
योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ३८३ रहेको छ । यसमध्ये प्रदेश १ मा १४६, प्रदेश २ मा १९०१, बागमतीमा ४३९, गण्डकी प्रदेशमा ३३१, प्रदेश ५ मा ३५४, कर्णालीमा  ३१५ र सुदूरपश्चिम १८९७ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा १०७ जना डिस्चार्ज भएका छन् । योसँग डिस्चार्ज हुनेको कूल संख्या १२ हजार ९४७ जना रहेको छ । नेपालमा ७०.४६ प्रतिशत संक्रमित निको भएका छन् ।
रौतहट कैलाली र बाजुरा जिल्लामा ५ सयभन्द बढी संक्रमित उपचाररत छन् भने पाँचथर, भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ गरी ६ वटा जिल्ला संक्रमणमुक्त रहेका छन् । हाल क्वारेन्टिनमा १९ हजार ४४४ जना रहेका छन् ।

Advertisement

Advertisement

90 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *