Friday, July 10

Uncategorized

अछाममा चट्याङ लागेर चार जना घाइते
Uncategorized, समाचार, समाज

अछाममा चट्याङ लागेर चार जना घाइते

नेपालअखबार, कैलाली । अछाममा चट्याङ लागेर चार जना घाइते भएका छन् । पञ्चदेवल विनायक नगरपालिका–८ को गनिउलेमा शुक्रबार साँझ चट्याङ लाग्दा चार जना घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले घाइते चार जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।उनकाअनुसार जैसरा मिजार, कर्ण मिजार, शेरे मिजार र मना कसेरा मिजारको अस्पतालमा उपचार भइरहेको छ । उनीहरू बाहेक अन्य चार जना पनि चट्याङ लागेर सामान्य घाइते भएका छन् । उनीहरू भने घरमै छन् ।...
रास्वपा-भाजपा वार्ता : दुई दलीय सम्बन्ध विस्तारबारे छलफल
Uncategorized

रास्वपा-भाजपा वार्ता : दुई दलीय सम्बन्ध विस्तारबारे छलफल

नेपालअखबार,काठमाडौं ।  भारतको सत्तारुढ दल भाजपा र नेपालको सत्तारुढ दल रास्वपाबीच दुई दलीय सम्बन्ध र राजनीतिक कार्यदिशाबारे छलोफल भएको छ । रास्वपा सभापति रवि लामिछाने र भाजपा अध्यक्ष नितिन नविनबीच भएको आजको भेटमा दुई देश र पार्टीबीच सम्बन्ध मजबुत बनाउनेबारे कुरा भएको हो । आजको भेटवार्तापछि भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेले विज्ञप्ति जारी गर्दै दुई देशबिचको सम्बन्धलाई थप प्रगाढ बनाउन यो वार्ता महत्वपूर्ण भएको उल्लेख गरेका छन् । दुवै दलका संवादलाई कूटनीतिक रूपमा अघि बढाउन यस वार्ताको महत्त्व रहेको उल्लेख छ । भाजपाको ‘नो बीजेपी’ अभियान अन्तर्गत रास्वपा सभापति रवि लामिछाने नेतृत्वको नेपाली प्रतिनिधिमण्डल भाजपाकै निमन्त्रणामा दिल्ली गएको हो । बैठकका क्रममा भाजपाको सांगठनिक संरचना र राजनीतिमा जेन जीको बढ्दो भूमिका र सम्भावनाबारे दुवै पक्षबीच विमर्श भएको थियो । संवादपछि नेपा...
देउवा समूहको सुदूरपश्चिम प्रदेशस्तरीय भेला १० जेठमा
Uncategorized

देउवा समूहको सुदूरपश्चिम प्रदेशस्तरीय भेला १० जेठमा

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको समूहले सुदूरपश्चिम प्रदेशस्तरीय भेला तय गरेको छ । उक्त समूहले देउवाको गृहजिल्ला सुदूरपश्चिममा १० जेठमा प्रदेशस्तरीय भेला गर्ने भएको हो । भेला सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीको सौराई स्क्वायरमा आयोजना गरिने देउवा समूहले तयार गरेको प्रचार सामग्रीमा उल्लेख छ । उक्त समूहले यसअघि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गृहजिल्ला सुर्खेतमा कर्णाली प्रदेशस्तरीय दुई दिने विचार गोष्ठी सम्पन्न गरेको थियो ।...
जनप्रतिनिधि फेरिरहने कास्की १
Uncategorized

जनप्रतिनिधि फेरिरहने कास्की १

नेपालअखबार, कास्कीमा। कास्कीमा तीनवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन्। तीमध्ये क्षेत्र नं १ लाई परिणाम बदलिइरहने क्षेत्रका रूपमा लिइन्छ। सात तालको वाटिका सहरका रुपमा परिचित पोखरा महानगरपालिकाको लेखनाथ क्षेत्रसहित जिल्लाका पाँच पालिकामध्ये मादी र रुपा गाउँपालिकाको पूरै भाग यस क्षेत्रले समेटेको छ। पोखरा महानगरपालिका– १०, १२, १३, १४, २६, २७, २८, २९, ३०, ३१ र ३२ वडा यस निर्वाचन क्षेत्रमा पर्दछन्। यस पटकको निर्वाचनमा यस क्षेत्रबाट १७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए। यस क्षेत्रमा कुल उम्मेदवारमध्ये १६ जना पुरुष, एक जना महिला रहेका छन् भने जसमध्ये १६ जना राजनीतिक दल र एक जना स्वतन्त्र उम्मेदवार हुन् । कास्की जिल्लाका तीनवटै क्षेत्रमा कुल मतदाता तीन लाख आठ हजार ५७२ रहेकामा निर्वाचन क्षेत्र नं १ मा एक ला...
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री खनालद्वारा पदभार ग्रहण
Uncategorized, राजनीति, समाचार

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री खनालद्वारा पदभार ग्रहण

नेपालअखबार,काठमाडौं। अर्थमन्त्रीसमेत रहेका रामेश्वर खनालले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको पदभार ग्रहण गरेका छन्। मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा उनले आफ्नो जिम्मेवारी सम्हालेका हुन्। प्रधानमन्त्री सुशीला कार्कीले सोमबार मन्त्रिपरिषद् विस्तार तथा हेरफेर गर्दै खनाललाई संघीय मामिला मन्त्रालयको पनि जिम्मेवारी दिएकी थिइन्। जेनजी पुस्ताको आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सोमबार सात सदस्यीय मन्त्रिपरिषद् विस्तार भएको थियो।...
राष्ट्रपति पौडेलले सबै पक्षलाई बोलाए वार्तामा
Uncategorized, राजनीति, समाचार

राष्ट्रपति पौडेलले सबै पक्षलाई बोलाए वार्तामा

नेपालअखबार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संयमित हुन र वार्तामा आउन अपिल गरेका छन्। मंगलबार अपराह्न उनले एक अपिल जारी गर्दै सबै पक्षलाई संयमता अपनाउन र वार्तामा आउन अनुरोध गरेका हुन्। 'लोकतन्त्रमा नागरिकले उठाएका मागहरू जेन–जीका प्रतिनिधिसँग समेत बसेर वार्ता र संवादमार्फत समाधान गर्न सकिने भएकाले संयमित हुन, मुलुकलाई अरू क्षति हुन नदिन र वार्तामा आउन म सबै पक्षलाई अपिल गर्दछु,' पौडेलले भनेका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत भइसकेको जानकारी गराउँदै अहिले लोकतन्त्रको माया गर्दै समस्या समाधानका लागि सबै पक्षले सहयोग गर्नेमा विश्वस्त रहेको बताएका छन्। उनले शान्तिपूर्ण समाधानका लागि सबैलाई सहयोग गर्न आग्रह गरेका हुन्।...
Uncategorized

Demo

Bla Bla
शिक्षण पेसा छाडेर दाजुभाइको काँक्रो खेती
Uncategorized

शिक्षण पेसा छाडेर दाजुभाइको काँक्रो खेती

वालिङ (स्याङ्जा) ।  आँधीखोलामा दुई दाजुभाइले व्यावसायिक रूपमा काँक्रो खेती थालेका छन् । आँधीखोला गाउँपालिका- ६ टिकाजा घर भई पोखरा बस्दै आएका सन्तोष पौडेल र दीपेन्द्र पौडेलले फेदीखोला गाउँपालिका–४ ठूलाखेतमा व्यावसायिक रूपमा काँक्रो खेती सुरू गरेका हुन् । ठूलाखेतमा नौ रोपनी जग्गा भाडामा लिएर आफूहरूले व्यवसाय थालेको व्यवसायी सन्तोष पौडेलले बताए । कृषिबाटै राम्रो आम्दानी गर्न सकिने देखेपछि संस्थागत विद्यालयमा माध्यमिक तहको शिक्षकको जागिरलाई चटक्कै छाडेर सन्तोष व्यावसायिक रूपमा कृषिखेतीमा होमिएका हुन् । ‘यसपटक नौ रोपनी जमिन सबैमा काँक्रा मात्रै लगाएका छौं’, उनले भने, ‘काँक्रोको उत्पादन लिन सुरू गरेका छौं ।यहाँ उत्पादन भएको काँक्रा अहिले स्थानीय बजार तथा सिद्धार्थ राजमार्गको छेउछाउका पसलबाट सहजै बिक्री हुने गरेको छ । यहाँ उत्पादन भएको काक्रो खरिदका लागि स्थानीय व्यापारीहरू खेतमै आएर लैजा...
बागमती नदी किनारमा मृत भेटिए एक पुरुष
Uncategorized

बागमती नदी किनारमा मृत भेटिए एक पुरुष

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिकामा एक पुरुष मृत फेला परेका छन् । प्रहरीका अनुसार दक्षिणकाली नगरपालिका-७ मन्जलस्थित बागमती खोला किनारमा अन्दाजी ५५ वर्षीय पुरूष बिहीबार मृत फेला परेका हुन् ।