समाचारसमाज

पोखरामा वेवारिसे अवस्थामा महिलाको शव फेला

समिर रामदाम, पाेखरा । पोखरा महानगरपालिका वडा नं. ३२ लामेआहालमा एक शव वेवारिसे अवस्थामा फेला परेको छ । आज बिहान साढे सात बजेतिर प्रतिक्षालयमा कपडाले छोपिएको अवस्थामा फेला परेको उक्त शव अन्दाजी ४०–४५ वर्षीय महिलाको रहेको प्रहरीले जनाएको छ । महिलाको पहिचान खुलेको छैन् ।
शवको मुख, नाक र कानबाट समेत रगत बगेको देखिएको छ । स्थानियहरुले बिहानै प्रहरीलाई खबर गरेपछि प्रहरीले शवको मुचुल्का गरि पोष्टमाटमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ । उनको मत्युको कारणबारे पोष्टमाटम रिपोर्ट पछि मात्र थाहा हुने प्रहरीले बताएको छ । स्थानियहरुले भने त्यस्तो प्रकारको हुलिया भएकी महिला यसअघि सो क्षेत्रमा नदेखेको बताएका छन् । शवको साथमा पुरुषको कपडा पनि फेला परेको छ । घट्नाका सम्बन्धमा थप अनुसन्धान थालिने कास्की प्रहरीले बताएको छ ।

the authoradmin

Leave a Reply